बुटवल, २९ जेठ । बुटवलका एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यले सात दिने आधुनिक जुत्ता बनाउने तालिम सम्पन्न भएको छ ।
बुटवल उप महानगरपालिकाको सहयोग तथा मानव अधिकारको लागि एकल महिला समूहको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा ३५ जना एकल महिलाहरुको सहभागीता रह्यो ।
एकल महिलाहरुलाई जुत्ता बनाउने सीप सिकाई आय आर्जनको माध्यमबाट समाजमा स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।