काठमाडौं, २९ जेठ । नेपाल सरकारले ल्याएको हरेक विधेयक अहिले विवादास्पद भईरहेका छन् । पछिल्लो समय विधेयक मात्र होइन लोकसेवा आयोगले गरेको विज्ञापन पनि विवादमा परेको छ । सरकारले कानुन निर्माण गरिरहदा विवादहरु आउँछन्, छलफलहरु हुन्छन् र एउटा निकाश निस्कन्छ । यो लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो । तर, एक पछि एक विधेयकहरु किन विवादास्पद बन्दै गईरहेका छन् र कानुन निर्माणमा सरकार किन चुकी रहेको छ ? माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शेर बहादुर केसीले लोकसेवा आयोग भनेको निस्पक्ष र निस्कलंक संस्था हो र यसलाई विवादमा तान्न खोजिनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । उहाँले लोकसेवाले गरेको विज्ञापनलाई रोक्ने अधिकार अदालतलाई बाहेक अरुलाई नभएको स्पस्ट पार्नुभयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले शेर बहादुर केसीसंग गरेको कुराकानी हेर्नुहोस् :
शेरबहादुर भन्छन्, ‘लोकसेवाको विज्ञापन रोक्ने अधिकार सर्वोच्च अदालतलाई मात्र छ’ : (भिडियोसहित)
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
१६ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
१७ घन्टा अघि




