काठमाडौं, २८ जेठ । स्थानीय तहको कर्मचारी नियुक्तीका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेल गर्न सरकारसँग माग गर्दै आदिवासी/जनजातिहरुले पनि मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
समावेशी सिद्धान्त विपरित सो विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न माग गर्दै उनीहरुले मंगलबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा उनीहरुले सरकारलाई संविधान र कानुन अनुसार चल्न पनि सचेत गराएका छन् ।
संघीय तामासालिङ मंच, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, किराँत याक्थुम चुम्लुङ, नेपाल मगर संघलगायतका विभिन्न जातीय संघ, संगठनहरु सहभागी भएको विरोध प्रदर्शनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।