आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन

काठमाडाैं, २८ साउन । विभिन्न जनजातिसंग सम्बन्धित संघ संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन् ।

संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चिता गरेको सन्दर्भमा राज्यले त्यसलाई वेवास्ता गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले संविधान मिच्न पाईदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली विरुद्ध नारावाजी गरेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसंग सामान्य झडप समेत भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);