नेपालको बैकिङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ रहेको अर्थमन्त्री खतिवडाको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालको बैकिङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ रहेको अर्थमन्त्री खतिवडाको दाबी

arthamantri yubraj khatiwada

काठमाडौं, २८ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गर्नु भएको छ ।

मंगलवार राजधानीको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेका उल्लेख गर्नुभयो । उहाँले पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको बताउनुभयो । अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना बढेर गएको समेत उल्लेख गर्नुभयो । उहाँले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्नेमा पनि जोड दिनु भयो । अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अर्व पु¥याउने घोषणा पनि गर्नु भयो ।

कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको नौं महिनामा २ अर्व मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिनु भएको थियो । कोषको भवनको निर्माण कार्यको जिम्मेवारी भ्याली बाबुरत्न जेभी कम्पनीलाई दिइएको छ ।भवन निर्माणका लागि ६ करोड ६८ लाख ५१ हजार ३९६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);