आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी अपरिहार्य : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी अपरिहार्य : अर्थमन्त्री

arthamantri-digital bhuktani

काठमाडौं, २४ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको को ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलमा अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि डिजिटल भुक्तानी अपरिहार्य रहेको बताउनुभएको हो ।

अर्थमन्त्री खतिवडाले डिजिटल नेपालको ढाँचाको विकासका लागि सरकारले त्यस अनुरुपमा नीतिहरु समेत ल्याएको उल्लेख गर्नुभयो । उहाँले नयाँ प्रविधि भित्रदै गर्दा अर्थतन्त्रमा चुनौति पनि बढ्दै जाने भएकाले त्यसलाई व्यवस्थापन गर्न सरकार सक्षम रहेको समेत बताउनुभयो ।

अर्थ मन्त्री खतिवडाले सरकारले कर तथा राजश्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको र यसले अर्थतन्त्रमा मुद्राको प्रयोगबाट हुने जोखिमलाई कम गर्ने उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);