हुरीपीडितको गुनासो दुःख हेर्ने आए, राहत दिने आएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हुरीपीडितको गुनासो दुःख हेर्ने आए, राहत दिने आएनन्

hurile ujadiyo basti

धनगढी, २८ जेठ । धनगढी–७, का मनेहराका मंगीराम चौधरीको परिवार चार दिनदेखि छिमेकीको जमिनमा झुप्रो बनाएर बसिरहेको छ । हावाहुरीले घर भताभुंग बनायो, ओत लाग्ने ठाउँसमेत रहेन, हुरीसँगै आएको वर्षाले खानेकुरा नष्ट भयो । मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका उनी अहिले गाउँको पसलबाट उधारोमा खाद्यान्न किनेर छाक टारिरहेका छन् ।

घर ठड्याउने पैसा नभएपछि उनको परिवारले दिउँसो खुला आकाश र फाटेको पालमुनि रात काटिरहेको छ । बिचल्लीमा परेको पाँच दिनसम्म उनले कतैबाट राहत पाएका छैनन् । अनुगमन गर्नेहरू पुग्दा राहत पाइन्छ कि भन्ने आशा जाग्छ, तर उनीहरू हेरेर मात्रै फर्किने गरेको उनको भनाइ छ । ‘हाम्रो बिजोग हेर्न धेरै आए, राहत दिने आश्वासन पनि दिए, तर फर्केर कोही आएनन्,’ मंगीरामले दुःखेसो गरे, ‘राहतका नाममा अहिलेसम्म केही पनि पाएका छैनौँ ।’

जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार जिल्लाभर हावाहुरीका कारण २२ सय १६ परिवारको घर पूर्णरूपमा नष्ट भएको छ । अधिकांश पीडितले छानो नभएको घर र खुला आकाशमा रात बिताइरहेका छन् । सात हजार ८४४ परिवार प्रभावित भएका विपत् व्यवस्थापन समितिले जनाएको छ । प्रदेश र स्थानीयहरू गरी हालसम्म १३ सय ४१ वटा त्रिपाल वितरण भएका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);