विश्वविद्यालय शिक्षा समय सापेक्ष र जनमुखी हुनुपर्नेमा राष्ट्रपतिको जोड | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

विश्वविद्यालय शिक्षा समय सापेक्ष र जनमुखी हुनुपर्नेमा राष्ट्रपतिको जोड

rastrapati bidhyadevi bhandari

काठमाडौं, २६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्नेमा जोड दिनु भएको छ ।

आइतवार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तराष्ट्रिय शैक्षिक सम्मेलनको राष्ट्रपति कार्यालय शितल निवासमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वका अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु अघि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले उच्च शिक्षालाई समय सापेक्ष र जनमुखि बनाउन विद्यालयहरु अग्रसर हुनुपर्ने पनि स्मरण गराउनु भयो । राष्ट्रपति भण्डारीले विश्वविद्यालय शिक्षाले उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पु¥याउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकूलपति डाक्टर तीर्थराज खनियाले विश्वविद्यालय शिक्षालाई अन्तराष्ट्रियकरण गर्न सम्मेलन आयोजना गरिएको उल्लेख गर्नुभयो ।

२ दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्याण्ड, भारत, सिंगापुर र नेपालका ख्याती प्राप्त प्राध्यापकहरुले कार्य पत्र प्रस्तुत गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);