ग्याँस लिक भई आगलागी हुँदा सात घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

ग्याँस लिक भई आगलागी हुँदा सात घाइते

बारा, २४ जेठ । बाराको डुमरवानामा खाना पकाउने ग्याँस सिलिण्डर लिक हुँदा एकै परिवारका चारसहित सात जना घाईते भएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ डुमरवानास्थित स्याउली बजारमा नरमान थिङ्गको घरमा अम्बर कम्पनीको ग्याँस सिलिन्डर लिक भएर सो दुर्घटना भएको हो ।

घाईतेहरु मध्ये चार जनाको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाईते तीन जनालाई थप उपचारका लागि वीरगंजको नेशनल मेडिकल कलेज पठाइएको छ । उनीहरुको शरीरको विभिन्न भाग र कपाल जलेको छ । प्रहरीका अनुसार रेगुलेटर जोड्ने क्रममा ग्याँस लिक भएको र आगो सल्किएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);