कृषि क्षेत्रमा लोभिँदै युवापुस्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कृषि क्षेत्रमा लोभिँदै युवापुस्ता

krishi pradarsani

काठमाडौं, २३ जेठ । नुवाकोटको पर्यटकीय ककनीमा सञ्चालित कृषि प्रदर्शनी मेलाले नयाँ आकर्षण थपिदिएको छ । कृषिमा बढ्दो निराशाबाट युवा विदेश पलायन हुने क्रम बढिरहेका बेला केही दिनअघिको पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाले यसप्रति थप आशा र सम्भावना बढाइदिएको हो ।

स्थानीय जातका बिउबिजनहरु लोप भई परनिर्भरता बढिरहेका बेला हावापानी, भौगोलिक अवस्था र बनावट अनुसार उत्पादन हुने रैथाने अन्नबालीदेखि, फलफूल र तरकारी बालीहरुको प्रदर्शनी गरिएको थियो । किसान आन्दोलनका अगुवा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्धारा आयोजना गरिएको कृषि प्रदर्शनी मेलाले कृषि क्षेत्रको विकासमा थप योगदान पुग्ने आशा बढाइदिएको प्रतिष्ठान अध्यक्ष हितराज पाण्डेले बताउनुभयो ।

‘कृषिमा परम्परागत पद्धतिका कारण न्यून उत्पादन छ’, उहाँले भन्नुभयो, ‘कृषिलाई प्राथमिकतामा राखेर अब राज्य र अन्य स्तरबाट मेहनत गर्न सकिएमा कृषिमा क्रान्ति आउँछ र देशको अर्थतन्त्र मजबुत हुन्छ ।’छिमेकी रसुवा, धादिङ र काठमाडौंलाई समेट्दै गरिएको पाँचदिने मेलामा करिब २ लाखभन्दा धेरैको भीड लागेको थियो ।

कृषि प्रदर्शनी मेला व्यवस्थापन समितिका अध्यक्ष हितबहादुर तामाङले समग्र कृषि क्षत्रको विकास, विस्तार एवम् प्रवद्र्धन गर्दै कृषि उत्पादनमा युवाको आकर्षण बढाउने र युवाहरुलाई विदेशीनबाट रोक्ने लक्ष्यलाई सार्थक बनाउन मेला उपयोगी बनेको विश्वास व्यक्त गर्नुभयो ।

नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिकासहित १० गाउँपालिकाको प्रत्यक्ष सहयोग, सहभागिता मेलामा थियो भने त्यहाँका करिब आठसय प्रजातिका गरी प्रचलित तथा लोपोन्मुख कृषि उपजहरु प्रमुख आकर्षणको रुपमा प्रदर्शनीमा राखिएका थिए । मेलामा सवैभन्दा वढि बुङताङको आर्गनिक अर्थाडक्स चिया, जापानीज रेन्वो ट्राउट अर्थात् सप्तरंगी माछा, मौरी, केरा, भुँइस्याउ, अमृतवृक्ष, फापर, स्ट्रबेरी तथा अन्य घरपालुवा पशुपंक्षी लगायतका कृषि उत्पादनहरु प्रमुख आकर्षण बन्नुका साथै बिक्री भएका थिए ।

यसबाहेक दलहन वस्तु, दुग्धजन्य पदार्थ र कृषकले प्रयोग गर्ने कृषि औजारहरु प्रदर्शनीमा राखिएको कृषि विज्ञ एवं तरकारी जोन नुवाकोटका प्रमुख डा। कमलराज गैरेले बताउनुभयो । उहाँका अनुसार मेलाले कृषि उत्पादनमा नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै उत्पादित अन्नबाली, फलफुल र तरकारीको बजार प्रवद्र्धनको दायरा फराकिलो बनाएको छ । मेलामा जिल्लाका १२ वटै स्थानीय तह र व्यक्तिगत तथा सामुहिक रुपमा कृषिसँग सम्बन्धित ४० स्टल राखिएकोमा प्रदर्शनी अवलोकनकर्ताका लागि प्रवेश निःशुल्क गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);