व्यापक बन्दै छ आफन्तैबाट ठगिने प्रवृत्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

व्यापक बन्दै छ आफन्तैबाट ठगिने प्रवृत्ति

thagi

काठमाडौं, २३ जेठ । आर्मीको ‘सेकेन्ड लेफ्टिनेन्ट’ बनाइ दिन्छु भनेपछि पाँचलाख रुपियाँ बुझाएँ, यतिका महिना बितिसक्यो न लप्टन भए न त पैसा पाएँ’ बैतडीका एक युवक जागिरको प्रलोभन देखाई पैसा ठगिएको गुनासो यसरी सुनाउँदै थिए ।

‘‘त्यही बीचमा अर्का व्यक्ति आए, मेरो पनि आफन्त नाता पर्नेले विदेश पठाइदिन्छु भन्दै डेढलाख रुपियाँ लिए तर अहिले सम्पर्क नै छैन’’, महानगरीय प्रहरी अपराध महाशाखा टेकुस्थित ठगी मुद्दा ९शाखा० पिलरमा यस्ता गुनासो प्रत्येक दिन अपत्यारिलो ढङ्गले आउने गरेका छन् ।
ठगी मुद्दा पिलर प्रमुख प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङ ‘पैसा भनेपछि किन यति मरिहत्ते गर्छन’ आश्चार्य लागेको बताउनुहुन्छ । घटना विवरण सुन्दा पनि घिन लागेर आउँछ भन्दै उहाँले थप्नुभयो,‘ पैसाको लोभमा अब त आफन्तले आफन्तलाई ठग्न थालेछन् ।’

‘नाता–गोता’ तथा ‘पारिवारिक’ सम्वन्धलाई लत्याएर जागिर तथा वैदेशिक रोजगारको प्रलोभनमा सर्वसाधारण युवा ठगिने समस्या व्यापक बन्दै गएको छ । पाँचलाख रुपियाँ पीडित ती युवकले आफूलाई पत्रकार बताउने डोटीकै चिरपरिचित व्यक्तिबाट ठगिएको गुनासो गर्नुभयो ।
एकैपटक आर्मीको सेकेन्ड लेफ्टिनेन्ट बन्ने लोभमा कारण ती युवक ठगिएको भनाइ प्रहरीको छ । पीडित युवकको भनाइमा महेन्द्रनगरबाट साइन्स विषयमा कक्षा १२ पास गरेपछि आर्मी बन्ने इच्छा जागेको र अभिभावकको सहमतिमा नै पत्रकारलाई रकम थमाएको बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।