एनसेलको नाफा टेलिकमको भन्दा अर्ब बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनसेलको नाफा टेलिकमको भन्दा अर्ब बढी

ntc-ncell

काठमाडौं, २३ जेठ । झन्डै तीन महिनाको अवधिमा नेपाल टेलिकमले भन्दा एनसेलले एक अर्ब रुपैयाँ बढी नाफा कमाएको छ । एनसेलले सार्वजनिक गरेको सन् २०१९ को पहिलो त्रैमासिक (जनवरी-मार्च) आर्थिक प्रतिवेदनअनुसार यो अवधिमा उसले टेलिकमको भन्दा साढे २ अर्ब बढी आम्दानी गरेको छ भने खुद आम्दानीमा पनि पौने २ अर्बले अघि छ ।

एनसेलको २०१९ को पहिलो त्रैमासिक प्रतिवेदन नेपाली मितिअनुसार पुस १७ देखि चैत १७ सम्मको हो । नेपाल टेलिकमले केही साताअघि मात्रै चालु आर्थिक वर्षको आफ्नो तेस्रो त्रैमासिक (माघ-चैत) आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो । टेलिकमको प्रतिवेदन अंग्रेजी मितिअनुसार जनवरी १५ देखि अप्रिल १३ सम्मको हो ।

लगभग उस्तै अवधिमा टेलिकमले भन्दा एनसेलले आम्दानी र नाफामा वृद्धि गरेको हो । यो तीन महिनाको अवधिमा अघिल्लो तीन महिनाको भन्दा एनसेलको नाफा थोरैले घटेको छ । एनसेलको नाफा ११ करोडले घटेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एनसेलले जनवरीदेखि मार्चसम्मको अवधिमा १३ अर्ब १८ करोड ८९ लाख आम्दानी गरेकामा ४ अर्ब ६४ करोड ५५ लाख नाफा गरेको छ । उसको खुद आम्दानी ४ अर्ब ७४ करोड ५८ लाख ७१ हजार छ । कुल आम्दानीमध्ये २२ प्रतिशत डाटाबाट भएको एनसेलको आर्थिक प्रतिवेदनमा जनाइएको छ । एनसेलले यो अवधिमा आफ्नो कुल आम्दानीको ३८ प्रतिशत रकम सञ्चालन खर्च गरेको छ ।

अघिल्लो वर्षका त्रैमासिक अवधिको तुलनामा यो दुई प्रतिशतले बढी हो भने अघिल्लो त्रैमासिकको तुलनामा भने सञ्चालन खर्च कम हो । एनसेलले आफ्ना कर्मचारी खर्चलाई पनि स्थिर राखेको छ । एनसेलको कर्मचारी खर्च कुल आम्दानीको ५ दशमलव १ प्रतिशत हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);