सदस्यीय नेपाली टोली भारत जाँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

सदस्यीय नेपाली टोली भारत जाँदै

samsadiya

काठमाडौं, २२ जेठ । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनसम्बन्धी तेस्रो बैठकमा भाग लिन १० सदस्यीय नेपाली वार्ता टोली बुधबार नयाँ दिल्ली जाने भएको छ ।

भारतीय रेल मन्त्रालयका उच्च अधिकारीहरूसँग हुने सो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा नेपाली टोली भारत जान लागेको हो । सो मन्त्रालयका प्रवक्ता समेत रहनुभएका ढकालले बैठक जेठ २३ र २४ गते बस्ने जानकारी दिनुभयो ।

यो वार्तामा सन् २००४ मा नेपाल–भारतबीच भएको रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन गरिने वार्ता टोलीको संयोजक ढकालले जानकारी दिनुभयो ।

प्रवक्ता ढकालका अनुसार, वार्ता टोलीमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, टोलीमा वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालय, रेल विभाग, कोलकतास्थित नेपालको वाणिज्यदूत एकनारायण अर्यालसहितको प्रतिनिधित्व समेत रहने जनाइएको छ ।

मन्त्रिपरिषद्को निर्णयबाट सरकारले नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत् पुनरावलोकनसम्बन्धी बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकालको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

प्रवक्ता ढकालका अनुसार, बैठकमा नेपालमा रेलसेवा सञ्चालनको सम्बन्धमा नेपाल र भारतबीच यसअघि भएका सम्झौता र छलफलहरुलाई वर्तमान सन्दर्भमा के कसरी कार्यान्वयन गर्न सकिन्छ, ती सम्झौता र छलफलको वर्तमान अवस्थामा त्यसको सान्दर्भिकतालगायत नेपालमा रेलसेवा सञ्चालनबारे विस्तृत् छलफल हुने छ ।

त्यसैगरी, वार्ताको क्रममा जनकपुर–जयनगर रेलसेवाको सञ्चालन, रेलसेवाको सो रुटमा ‘बल्क कार्गो’ सेवा विस्तारलगायतका विषयमा विस्तृत छलफल गरिने छ । जयनगर–जनकपुर रेलमार्ग खण्डमा सञ्चालन गरिने रेल खरिदका लागि यसअघि नै नेपाल र भारतबीच ‘जी टू जी’ प्रणालीअन्तर्गत सम्झौता भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);