कलङ्की–कोटेश्वर चक्रपथमा दुर्घटना बढेपछि यस्तो ल्याइयो नयाँ नियम | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

कलङ्की–कोटेश्वर चक्रपथमा दुर्घटना बढेपछि यस्तो ल्याइयो नयाँ नियम

koteshower kalanki road

काठमाडौं, २१ जेठ । नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ ।

चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९.९ किलोमिटर लम्बाइ र आठ लेनमा छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् ।

सडकको मुख्य भाग (मेन लेनमार्ग ) मा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ( सहायक लेन) मार्गमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । तर, चालकले आफूखुसी ८०÷९० देखि एकसयसम्मको गतिमा चलाउने गरेको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);