एजेन्सी, २० जेठ । असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको छ । विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
सोमवार मध्यान्ह मध्यान्ह १२ बजे उडेको विमान अन्तिम पटक दिउँसो १ बजेसम्म सम्पर्कमा रहेको बताइएको छ । विमानको खोजीकार्य तिव्र पारिएको तर हालसम्म विमानको बारेमा कुनै जानकारी प्राप्त नभएको भारतीय सैनिक अधिकारीले जनाएका छन् ।
भारतीय रक्षमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै बिमान हराएको र त्यसको खोजीका लागि भइरहेको प्रयासबारे भारतीय एयर मार्सलले जानकारी दिएको जनाएका छन् ।




