माग सम्बोधन नगरे सरकारविरुद्ध आन्दोलन गर्ने वैदेशिक रोजगार व्यवसायी संघद्धारा चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

माग सम्बोधन नगरे सरकारविरुद्ध आन्दोलन गर्ने वैदेशिक रोजगार व्यवसायी संघद्धारा चेतावनी

baideshika rojgar

काठमाडौं, २० जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिना भित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।

संघका अध्यक्ष रोहन गुरुङले आफूहरुले राखेका बिभिन्न माग सम्बोधन नगरे सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भएको हो । संघले आफूहरुको माग सम्बोधन गराउन सरकारलाई दवाव दिँदै जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ । सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नु भएका अध्यक्ष गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसायनै छाडेर सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आउने बताउनुभयो ।

यता, नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जान रोकावट गर्ने नेपाल वैदेशिक रोजगार संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ । नेपाल राष्ट्र बंैकका निर्देशक नरबहादुर थापाले वार्षिक करिव ७ खर्व ३३ अर्व विप्रेषणको आप्रवाहलाई समेत संघको आन्दोलनले प्रतिकूल असर पु¥याइरहेको बताउनु भयो ।

सरकारी तथ्यांक अनुसार नेपालबाट हाल ४३ लाख नेपाली नागरिकहरु वैदेशिक रोजगारमा गएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);