बालबालिकाको खाजामा घोटाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बालबालिकाको खाजामा घोटाला

food for education

जनकपुर, १८ जेठ । धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा वैशाख १० गतेदेखि सुरु भएको दिवा खाजा वितरण कार्यक्रम दुई साता नपुग्दै बन्द भयो। सरकारले चालु आर्थिक वर्षको बाह्रै महिना पुग्नेगरी बजेट उपलब्ध गराए पनि विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा खाजा वितरण त सुरु गरियो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरिएको एक शिक्षकको आरोप छ।

‘एक त गत साउनेखि नै सुरु हुनुपर्ने खाजा वितरण कार्यक्रम अन्तिम तीन महिना मात्र बाँकी रहँदा विद्यालयमा आयो,’ द्वारिका आधारभूत विद्यालयका ती शिक्षकले भने, ‘नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र दलालबीच कमिसनको भागबन्डा नमिल्दा तीन साता नपुग्दै रोकियो।’ विद्यार्थीले खाजा नखाएको दिन पनि गन्ती गरेर बजेट निकासा गर्न खोज्ने र त्यस्तो गल्ती काममा साथ नदिने पक्षबीचको विवादले माथिबाट समयमै पठाइएको खाजा पनि बालबालिकाले उपभोग गर्न नपाएको ती शिक्षकले बताए।

प्रधानाध्यापक चन्दन द्विवेदीका अनुसार एक महिना पुग्ने खाजाबापतको रकम मात्रै नगरपालिकाले उपलब्ध गराएको थियो। अर्को महिनाका लागि पुनः निकासा माग्न विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्णय हुन नसक्दा खाजा वितरण कार्यक्रम रोकिएको हो। नगर शिक्षा समितिका संयोजक एवं सबैला–१ का वडाध्यक्ष कपिल राउत वितरण सुरु भइसकेको खाजा कार्यक्रम बीचमै किन रोकियो भन्ने जानकारी आफूलाई नभएको भन्दै पन्छिए। नगरप्रमुख विजयशंकर प्रसाद साहले विगतमा जे भए पनि अब असार मसान्तसम्म पुग्ने गरी सबै विद्यालयमा खाजाको रकम पठाउन लागिएको बताए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);