काठमाडौं, १५ जेठ । प्रदेश नम्बर २ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिभुवन बिश्व बिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश नम्बर २ ले १६ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । प्रदेश २ का लागि हरिशंकर साहले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै हसिम अन्सारीले १७ तथा रबी साहले अविजित १६ रन बनाए ।टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३४ ओभर ४ बलमा अलआउट हुदै ९३ रन बनाएको थियो ।
प्रदेश २ ले पहिलो जित निकाल्दा कर्णालीको भने लगातार दोस्रो हार हो । यसअघि कर्णाली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।