ललितपुर महानगरपालिका दुईवटा ब्रुमर किन्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

ललितपुर महानगरपालिका दुईवटा ब्रुमर किन्दै

BRUMar

काठमाडौं, १५ जेठ । ललितपुर महानगरपालिकाले सडकको धुलो सफा गर्न दुईवटा ब्रुमर किन्ने भएको छ । ब्रुमर किन्न प्रक्रिया अघि बढाएको उपमेयर गीता सत्यालले बताइन् । उनले भनिन्  ‘हामीले ब्रुमर किन्ने प्रक्रिया अगाडि बढाएका छौँ । अबको डेढ महिनाभित्र बु्रमर ल्याउनेछौँ ।’

चार करोड ५० लाख रुपैयाँमा इटालीमा बनेको ब्रुमर ल्याउन लागेको जिन्सी शाखाका वरिष्ठ अधिकृत सागर थापाले बताए । महानगरसँग हाल एउटा सानो बु्रमर छ । तर, धुवाँ धेरै फाल्ने भएकाले प्रयोगमा आउन सकेको छैन । प्रभावकारिता हेरेर आगामी आर्थिक वर्षमा ब्रुमर थप्ने योजना रहेको प्रवक्ता राजु महर्जनले बताए । काठमाडौं महानगरपालिकाले साढे ११ करोडमा इटालीबाट किनेका ५ वटा ब्रुमरले सडक सफा गरिरहेका छन् ।

ब्रुमरका रुट
कुपन्डोल–लगनखेल र पुल्चोक–ग्वार्कोसम्म ब्रुमरको प्रयोग हुने महानगरले जानकारी दिएको छ । सडक पिच नभएका र मेलम्ची आयोजनाको काम हुदैँ गरेका सडकमा भने बु्रमर प्रयोग नहुने प्रवक्ता महर्जनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);