बजेट तयारीः वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

बजेट तयारीः वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने

salary

काठमाडौं, १३ जेठ । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ ।

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो ।

यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन् । अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशतमा सहमत भएको अधिकारीले बताए ।