बिहीबार शेयरबजार परिसूचक नेप्से ५.०८ अंकले ओरालो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

बिहीबार शेयरबजार परिसूचक नेप्से ५.०८ अंकले ओरालो

काठमाडौं, ९ जेठ । बिहीबार शेयरबजार परिसूचक नेप्से ५.०८ अंकले घटेर १३१४.५५ अंकमा पुगेको छ । १ सय ७० कम्पनीका २९ लाख ४३ हजार ३ सय ४ कित्ताशेयर १२ हजार ४३ पटकको कारोबारबाट ९३ करोड २६ लाख ४४ हजार ८ सय ८७ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.८९ अंकले घटेर २८०.३८ अंकमा बन्द भएको छ । बिहिबार होटल, निर्जीवन बीमा, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहबाहेक सबैको परिसूचक ओरालो लागेको छ ।

बिहिबार अप्पर तामाकोशी हाइड्रोपावरको १५ करोड ५९ लाख ६४ हजार ८ सय ४८ रुपैयाँको शेयर कारोबार भएको छ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९५ प्रतिशतले कमाएका छन भने हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.७२ प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);