चेक बाउन्स मुद्दामा खुश्बु ओली दोषी ठहर, ३ महिना जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

चेक बाउन्स मुद्दामा खुश्बु ओली दोषी ठहर, ३ महिना जेल सजाय

Khusbu_Oli

काठमाडौं, ८ जेठ । जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खुश्बुलाई दोषी ठहर गर्दै ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हाे।

खुश्बुले सप्तरीका गोपालबहादुर कट्वाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि जिल्ला अदालतमा मुद्दा परेको थियो। खुश्बुले घरजग्गा खरिदका लागि भन्दै कट्वालबाट ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन्। उक्त रकम भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि कट्वालले खुश्बुविरुद्ध मुद्दा दायर गरेका थिए।

अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार फैसलामा कैद र जरिवानाका साथै खुश्बुबाट ३६ लाख भराउन पनि आदेश गरिएको छ। यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

ताजा समाचार