मोटरसाइकलमा पछाडि बस्नेलाई हेलमेट अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

मोटरसाइकलमा पछाडि बस्नेलाई हेलमेट अनिवार्य

helmett

काठमाडौं, ६ जेठ । काठमाडौँ उपत्यकामा हुने मोटरसाइकल र स्कुटर दुर्घटनामा पछाडि सिटमा बस्ने यात्रुको मृत्यु अस्वाभाविक ढङ्गले बढेपछि दुईवटा हेलमेटको प्रयोग अनिवार्य गरिने भएको छ ।

यातायात व्यवस्था विभागसँगको छलफलपछि पछाडि बस्नेलाई अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ )बाट प्रमाणित चिह्न भएको हेलमेट लगाउन अनिवार्य गर्ने तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले मानवीय क्षति रोक्न सवारी ऐन संशोधन गरी छ महिनाभित्र दुईवटा हेलमेट प्रयोगमा अनिवार्य गर्न लागिएको जानकारी दिनुभयो । यो आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकामा छ हजार नौसय ८२ सवारी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परी दुईसय ११ जनाले ज्यान गुमाएका छन् । महाशाखाका अनुसार, दुर्घटनामा परी मर्नेहरूमा ९५ जना मोटरसाइकल र स्कुटरको पछाडि बस्नेहरू छन् भने ७७ जना पैदलयात्रु छन् । महाशाखा प्रमुख पन्तले भन्नुभयो–दुर्घटना भए पनि हेलमेटले सुरक्षित बनाउँछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);