लोकतन्त्रको आवरणमा सरकार निरंकुश बन्दै गएको केसीको आरोप | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

लोकतन्त्रको आवरणमा सरकार निरंकुश बन्दै गएको केसीको आरोप

अर्जुन नरसिंह केसी

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाउनुभएको छ । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफुमा निहीत गर्ने गरि एक पछि अर्को कानुन बनाउँदै गएको बताउनुभएको छ ।

राज्यका सम्पुर्ण संबैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरि सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उहाँले आपत्ती जनाउनुभयो । उहाँले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सुचना प्रविधि सम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी भएकाले कांग्रेसले सडक देखि सदन सम्म विरोध गर्ने बताउनुभयो ।

नेकपाका नेता दिनानाथ शर्माले मिडिया सम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले संविधानको मुल मान्यतालाई पालना गराउन प्रतिवद्ध रहेको भन्दै उहाँले त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको बताउनुभयो । उहाँले सरकारलाई लोकतन्त्रको मुल्य मान्यता विरुद्ध जान नदिने प्रतिवद्धता पनि जनाउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);