भारतमा जारी लोकसभा निर्वाचन आइतबार सम्पन्न हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

भारतमा जारी लोकसभा निर्वाचन आइतबार सम्पन्न हुँदै

lok sabha election

एजेन्सी, ४ जेठ । भारतमा जारी लोकसभा निर्वाचन अन्तिम चरणमा पुगेको छ । आइतवार सात राज्यका ५९ निर्वाचन क्षेत्रमा हुने निर्वाचन संगै गत अप्रिल ११ तारिखबाट सुरु भएको विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतको लोकसभा निर्वाचन सकिने छ ।

गत अप्रिल ११ तारिखबाट सुरु भएको भारतको लोकसभा निर्वाचन अन्तिम चरणमा पुगेको छ । ३९ दिल लामो निर्वाचन कार्यतालिका आइतवार हुने निर्वाचनसंगै सकिने छ । त्यससंगै लामो समयदेखिको चुनावी सरगर्मी समेत समाप्त हुनेछ । यद्यपी मे २३ तारिखमा हुने निर्वाचनले भारतमा कस्तो राजनीतिक सरगर्मी शुरु गर्नेछ यो भने हेर्न वाँकीनै रहेको छ ।

भारतमा जारी यो लोकसभा निर्वाचनलाई प्रधामन्त्री मोदीको परीक्षाका रुपमा समेत हेरिएको छ । आइतवार भारतमा सात राज्यका ५९ निर्वाचन क्षेत्रमा मतदान हुदैछ । निर्वाचनको अन्तिम यस चरणमा हुने निर्वाचनमा १ सय ७० उम्मेदवार चुनावी मैदानमा रहेका छन । प्रधानमन्त्री मोदी, शत्रुघ्न सिन्हा, रविशंकर प्रसाद, अश्विनी चौबे, भोजपुरी चलचित्रका नायक रविकिशन सरीखे लगाएतका प्रभावशाली मानिएहरुको निर्वाचन क्षेत्रमा समेत यसै चरणमा निर्वाचन हुदै गरेकोले पनि यस चरणको चुनावलाई विशेष महत्वका साथ हेरिएको छ ।

चुनावका लागि सत्तारुढ दलदेखि लिएर नाममात्रका स–साना दलहरु पनि चुनावी मैदानमा होमिएका थिए । लोकसभा निर्वाचनका लागि भारतीय निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या २ हजार २ सय ९३ रहेको थियो ।

नेपाल सानो मुलुक हुनु र राजनीतिक दलको संख्या पनि थोरै हुनु नौलो होइन । तर नेपालीहरुका लागि भारतीय दलको संख्या र नाम मात्रका पार्टीले समेत अचम्मित पार्न सक्छ ।

सत्तारुढ भारतीय जनाता पार्टी, भारतीय काँग्रेस, बहुजन समाज पार्टी लगायत यो चुनावका लागि प्रभावशाी मानिएका दलहरु तथा अन्य नाममात्रका भरोसा पार्टी, सबसे बडी पार्टी, राष्ट्रिय साफ नीति सहित २ हजार २ सय ९३ पार्टी लगाएतका पार्टीहरु चुनावी मैदानमा रहेका छन् । चुनावका समयमा पार्टी परीवर्तनको भारतमा लहरनै चलेको थियो ।

३९ दिन लगाएर आइतवार सम्पन्न हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका रहेको छ । भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन रहेका छन । ५ सय ४३ सिट रहेको लोकसभामा बहुमतका लागि कम्तिमा २ सय ७२ सिटको आवश्यक्ता पर्दछ ।

ताजा समाचार