बेलायतका प्रधानमन्त्रीले पद छोड्ने समयतालिकामा सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतका प्रधानमन्त्रीले पद छोड्ने समयतालिकामा सहमत

toresha may

काठमाडौं, ३ जेठ । बेलायतका प्रधानमन्त्री टेरेसा मे आउँदो जुन महिनाको पहिलो हप्ता ब्रेक्जिट सम्बन्धी मतदानपछि पद छोड्ने समय तालिकाका लागि सहमत भएकी छन् ।

ब्रेक्जिट सम्बन्धी मतदानपछि भावी प्रधानमन्त्री छनौट गर्ने समझदारी प्रधानमन्त्री र टोरी पार्टीका सिनियर सांसदहरुबीचको छलफलमा भएको हो । मे ले छोडेको अवस्थामा आफू नेताको लागि लड्ने बोरिस जोहन्सनले जनाएका छन् । गएको वर्षको अन्तिममा मे कन्जरभेटिव पार्टीको अविश्वासको प्रस्तावबाट जोगिएकी थिइन् । आगामी डिसेम्बर महिना सम्ममा उनलाई औपचारिक रुपमा चुनौति दिन नसकिने जनाइएको छ । ब्रेक्जिटको उनको योजना यसअघि तीन पटक असफल भइसकेकोले चौथो पटक पनि असफल भएमा उनलाई सो पदमा बसिरहन अप्ठेरो हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);