काठमाडौं, ३ जेठ । काठमाडौंमा जारी एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार भएको खेलमा पाकिस्तानसंग १ सय ३० रनको फराकिलो हार व्यहोरेपछि नेपाल जितविहीन बनेको हो ।
किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा पाकिस्तानले दिएको २७० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर २सय ६९ रन बनाएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत र दोस्रो खेलमा बंगालदेशसंग पराजित भएको थियो । नेपालले प्रतियोगितामा अंक जोड्न सकेनन् ।प्रतियोगितामा भारत यसअघि नै फाइनल पुगिसकेको छ । अब पाकिस्तान र बंगलादेशबीचको खेल भएपछि एक टोलीले फाइनलमा स्थान बनाउने छ ।