सच्चा कम्युनिष्ट क्रान्तिकारीले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने मोहन बैद्यकाे दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सच्चा कम्युनिष्ट क्रान्तिकारीले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने मोहन बैद्यकाे दावी

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिनु भएको छ । महासचिव बैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाडने दावी पनि गर्नु भयो ।

सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गर्दै उहाँले सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गर्ने पनि बताउनु भयो ।

उहाँले सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवाद÷अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको पनि बताउनु भयो । महासचिव बैद्यले सच्चा क्रान्तिकारीहरु एकजुट हुन जरुरी रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);