प्रधानमन्त्री ओलीको भ्रमण महत्वपूर्ण भएको परराष्ट्र मन्त्रालयको दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

प्रधानमन्त्री ओलीको भ्रमण महत्वपूर्ण भएको परराष्ट्र मन्त्रालयको दाबी

pm oli bidesh bhraman

तेजना पण्डित
काठमाडौं, २ जेठ । भियतनाम र कम्बोडीयाको एक साता लामो औपचारीक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधवार स्वदेश फर्किनुभएको छ । दुई देशबीच १९७५ मा कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो पटक भियतनाम गएका प्रधानमन्त्री ओलीको भ्रमण महत्वपूर्ण भएको परराष्ट्र मन्त्रालयको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली दक्र्षिण पूर्वी एसियाली राष्ट्रको साताव्यापी भ्रमण सकि बुधवार स्वदेश फर्किनुभएको छ । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निमन्त्रणमा त्यसतर्फ जानुभएका प्रधानमन्त्री ओलीले ती दुई देशसंग महत्वपूर्ण विषयमा सम्झौता समेत गर्नुभएको छ । जसमा भियतनामसंग दुवै देशको आर्थिक पक्षलाई अघि बढाउन व्यापार लगानी पर्यटनको क्षेत्रमा सहकार्य गर्ने, कुटनीतिक, सरकारी राहदानी बाहकलाई भिसा छुट दिने सम्झौता भएको छ ।

त्यसैगरी परराष्ट्र मन्त्रालयहरुबीच दुई पक्षीय संयन्त्र स्थापना र नेपाल तथा भियतनाम सरकारबीच व्यापार तथा लगानी संझौता सम्बन्धी आसयपत्र आदान–प्रदान गर्ने विषयमा पनि सम्झौता भएको छ । यता, कम्बोडियासंग व्यापार पर्वद्धन, पर्यटन बिस्तार, लगानी बढाउने लगायतका विषयमा सम्झौता भएको परराष्ट्रमन्त्री मन्त्री प्रदिप ज्ञवालीको भनाई छ ।

त्यसैगरी, केही समय अघि नेपाल भ्रमणमा आउनुभएका कम्बोडियाका प्रधानमन्त्रीसंग भएको सम्झौतालाई कार्यान्वयनमा ल्याउन पनि छिट्टै संयन्त्र बनाई अघि वढ्ने समेत सहमति भएको छ । भ्रमणले दुई मुलुकको सम्बन्ध सुदृढ मात्र हैन, लुम्बीनी विकासका लागि अन्तराष्ट्रिय सहयोग दिलाउन समेत भ्रमण महत्वपूर्ण भएको सरकारको दाबी छ ।

यसरी प्रधानमन्त्रीको भ्रमण उपलव्धीमुलक भएको दावी गरिएपनि पराराष्ट्रविद्हरुले भने यसको कुनै औचित्य नभएको बताएका छन् । परराष्ट्रविद् रेमशनाथ पाण्डेले बार्षिक निती तथा कार्यक्रम हतार–हतार पास गरेर प्रधानमन्त्री विदेश भ्रमणमा जानु आफैमा अनौठो भएको बताउँछन् ।

दुई देशबीच १९७५ मा कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो पटक नेपालका प्रधानमन्त्री भियतनामको राजकीय भ्रमणमा जानुभएको हो । प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा पहिलो पटक दक्षिण पूर्वी एसियाको भ्रमण पनि हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);