काठमाडौं, २ जेठ । नेपालको राजनीतिमा दुई तिनवटा नया घटना भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रयोग गरेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइएको कुरा निकै धेरै चर्चा र विवादको विषय बनेको छ । संविधानको धारामा हेर्ने हो भने त्यसरी अमर्यादित शब्द बोल्ने संसदको सदस्यलाई तीन महिनासम्मको जेल सजाय हुने कुरा उल्लेख गरिएको छ । सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक तयार पारेको छ जसको सर्बत्र चर्चाहरु भईरहेका छन् । यहीबीचमा नेपाली काँग्रेसले जागरण अभियानको सुरुवात गरेको छ । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको छ । यी भईरहेका घटनाहरुले के संदेश दिन खोजिरहेका छन् ? वावुराम र उपेन्द्र यादवबीचको एकताको रहस्य के हो ? के प्रधानमन्त्रीलाई संसदले कारवाही गर्दैछ ? के नेपाली कांग्रेस संबैधानिक राजतन्त्रको पक्षमा आउँदैछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले बरिष्ठ पत्रकार युवराज गौतमसंग गरेको कुराकानी हेर्नुहोस् :
नेकपा सिध्याउन अदृश्य शक्तिले बाबुुराम-उपेन्द्र मिलाए, कांग्रेस राजतन्त्रको पक्षमा नआए सकिन्छ : युवराज गौतम (भिडियोसहित)
ताजा समाचार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
१६ घन्टा अघि
जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
१६ घन्टा अघि
राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना
१६ घन्टा अघि
चितवनमाथि कर्णाली याक्सको जित
१६ घन्टा अघि




