एएफसी फुटवल : मनाङ मर्स्याङदी र भारतको मिनर्वाबीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

एएफसी फुटवल : मनाङ मर्स्याङदी र भारतको मिनर्वाबीचको खेल बराबरीमा

काठमाडौं, १ जेठ । नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले एएफसी कप फुटबलको चौंथो खेलमा भारतीय क्लव मिनर्वा पन्जावसंग बराबरी खेलेको छ । बुधबार भएको खेलमा मनाङले १० खेलाडीमा सिमित भारतीय क्लब मिनर्वा पन्जाबसंग १–१ गोलको बराबरी खेलेको हो ।

बराबरी खेल्दै मनाङले अंक बाडेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता उल्टाएर मनाङले मिनर्वासंग बराबरी खेल्दै अंक बाडेको हो । खेलको ४० औं मिनेटमा थोइबा सिंहले गोल गर्दै मिनर्वालाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भने मनाङले उत्कृष्ठ प्रदर्शन गर्दै गोल फर्कायो । मनाङका लागि ८० औं मिनेटमा साहिद अजिजले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । बराबरीसंगै समूह ई मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ ।

मिनर्वा ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अब मनाङले पाँचौ खेलमा बंगालदेशको अबहानी लिमिटेडसंग बंगलादेशकै मैदानमा खेल्ने छ । मिनर्वासंगको बराबरीले मनाङको अर्को चरण पुग्ने सम्भावना कायम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);