प्रि-बजेट बहस सम्पन्न : लोकप्रिय नाराले भरिएको ठूलो आकारको बजेट नल्याउन सुझाव | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

प्रि-बजेट बहस सम्पन्न : लोकप्रिय नाराले भरिएको ठूलो आकारको बजेट नल्याउन सुझाव

prebudjet samsad

काठमाडौं, ३१ बैशाख । संसदमा बजेट पूर्व तयारीमाथिको बहस सम्पन्न भएको छ । सांसदहरुले पर्याप्त समय दिएर बहस गरेको यो छलफलमा सांसदहरुले सरकारले बजेटको लक्ष्य र सिद्धान्त के बनाउन खोजेको भनेर प्रश्न समेत गरेका थिए ।

सांसदहरुले कार्यान्वयन नै गर्न नसकिने लोकप्रिय नाराले भरिएको ठुलो आकारको बजेट नल्याउन सरकारलाइ सुझाव दिएका छन । अर्थमन्त्रीले बजेटको सिद्धान्त नमिचिकन बजेट ल्याउने बचन दिएका छन ।

संसदमा बजेटको नीति र सिद्धान्त माथिको बहस सम्पन्न भएको छ । जेठ १५ गते आउने बजेटको मुल नीति र लक्ष्य तथा यसको सिद्धान्त के र कस्तो हुनुपर्ने भनेर सांसदहरु मध्ये कतिपय दलगत आधार र कतिपयले ब्यक्तिगत अध्ययनको आधारमा सरकारलाइ राय सुझाव दिएपछि यो बहस सम्पन्न भएको हो ।

संसदमा बजेटको सिद्धान्तमाथिको बहसमा भाग लिदै नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सरकारलाई बजेटको सिद्धान्त के हो भनेर प्रश्न गर्नुभएको थियो । उहाँले सरकारले सामाजिक न्याय,सामाजिक सुरक्षा कायम गर्ने पनि भनेको र आर्थिक बृद्धिदर पनि बढाउछु भनेर बचन दिएको भन्दै यी मध्ये एक मात्र रोज्न सुझाव दिए । उहाँले सामाजिक न्याय र आर्थिक बृद्धिदर मध्ये सामाजिक न्याय रोज्न सुझाव दिनुभएको छ ।

नेता गिरिले अर्थमन्त्री हुन विषयगत ज्ञान भएको विद्धान हुनुनपर्ने पनि बताए । तर नेपाली कांग्रेसले सरकार चलाउदा यहि गल्ती गरेको बताए । उनले विदेशमा पढेका,पिएचडी गरेका तर नेपाल नवुझेका मानिसलाइ अर्थमन्त्रालयको साचो सुम्पिदा नेपालले दिगो विकास गर्न नसकेको भन्दै आलोचना गरे । बर्तमान सरकारलाइ कम्तिमा यस्तो गल्ति नगर्न सुझाव दिनुभयो ।

केही दिन यता देखि संसदमा चलेको बहश सुनिसकेपछि अर्थमन्त्री डा.युवराज खतिवडाले सरकार क्षेत्र र बर्गमा मात्र बजेट सिमित गर्ने गरि नअलमलिएको बताउनुभयो । उहाँले यस आर्थिक बर्षमा कानुन निर्माणको लागि समय खर्च भएको भन्दै अबको आर्थिक बर्षमा कानुनले अप्ठयारो भन्ने ठाउ समेत नभएको भन्दै जनअपेक्षा अनुसार काम गर्ने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले यस आर्थिक बर्षमा कानुन निर्माण, कर्मचारी ब्यवस्थापन, वित्तिय संघीयताको खाका कोर्ने काम भएको बताउनुभयो । तर सुशासनको क्षेत्रमा अबको आर्थिक बर्षमा बढी ध्यान दिने भन्दै यसको लागि सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाइ बजेट पर्याप्त दिने पनि बताउनुभयो । सरकारले आर्थिक बृद्धिदर र सामाजिक न्यायलाइ समानान्तर रुपमा अघि बढाउने पनि बताउनुभयो ।

संसदमा बजेट प्रस्तुत गर्नुपुर्व सरकारले सांसदहरुको बजेटको वारेमा सुझाव लिने चलन छ । जनताबाट निर्वाचित सांसदले दिएको सुझावलाइ समेत समेटेर तयार पारिएको बजेट जनमुखी हुने र यसलाइ कार्यान्वयन गर्न पनि सजिलो हुने तथा संसदमा बजेट पेश गरिसकेपछि हुने बहश र पास गर्ने बेलामा पनि सजिलो होस भन्नको लागि यसरी बहश गराउने चलन छ ।

बजेट तयारीको बारेमा संसदमा यसरी बहस भएपछि अर्थमन्त्री डा. खतिवडाले सांसदहरुले दिएको महत्वपुर्ण सुझाव समेटने वचन दिनुभयो । उहाँले नेपालको लागि सुहाउने नीति लिइने र खासगरि संघियता कार्यान्वयन लागि अनुकुल बजेट बनाउने बताउनुभयो ।

संसदमा वोल्ने क्रममा कतिपय सांसदले संघियता कार्यान्वयनको लागि सरकारले कस्तो बजेट तर्जुमा गर्दैछ भनेर प्रश्न समेत गरेका थिए ।  बजेटमाथिको बहस सकिए लगत्तै सदनको बैठक पनि सकिएको छ । अर्को बैठक जेठ ६ गते बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);