यो सातादेखि व्यासी सौकाहरुको बसाईसराई सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

यो सातादेखि व्यासी सौकाहरुको बसाईसराई सुरु

darchula basi basaisarai

दार्चुला, ३१ वैशाख ।  यो सातादेखि दार्चुलाको व्यास गाउँपालिका–१ का व्यासी सौकाहरुको कुञ्चा अथवा बसाईसराई सुरु भएको छ ।

व्यासी सौकाहरु गर्मी याममा खेतिपाति तथा व्यापार व्यवसायका लागि व्यासको छाङ्गरु तथा तिंकर सर्ने र हिउँदमा जाडो छल्न दार्चुला सदरमुकाम खलँगा झर्ने गर्दछन् । नेपालतर्फ दार्चुलादेखि तिंकरसम्म बाटो नहुंदा यसरी ब्यास गाउँपालिकाका वासिन्दाहरु वर्षेनी भारतको बाटो प्रयोग गर्न बाध्य रहेका छन् । छाङ्गरु तथा तिंकर गाउँका वासिन्दाहरुलाई आफ्नै घर जान भारतको बाटो प्रयोग गर्न भारतको अनुमति लिएर जानु पर्ने बाध्यता रहेको छ ।

दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल तरी ५ दिनसम्म भारतको बाटो प्रयोग गरी गब्र्याङबाट सिता पुल तरी छाङ्गरु प्रवेश गर्ने गर्दछन् । ब्यासको छाङ्गरु र तिंकर गाउँका गरी जम्मा एक सय ७० घर परिवारका जम्मा नौ सय भन्दा बढी व्यासी सौकाहरु भारतको अनुमति लिन जिल्ला समन्वय समितिको कार्यालयबाट फारम भरी जिल्ला प्रशासन कार्यालयको सिफारिसमा भारतको एस .डि.एम. कार्यालयबाट बहुराष्ट्रिय प्रवेश अनुमति पत्र जारी हुने गर्दछ । यसरी जारी भएको बहुराष्ट्रिय प्रवेश अनुमति पत्रको म्याद ६ महिना हुने गर्दछ । भारतको बाटो प्रयोग गर्न मानिस र पशुका लागि छुट्टा छुट्टै प्रवेश अनुमति पत्र बनाउनु पर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);