प्रदेश नम्बर ३ को संसद बैठक अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

प्रदेश नम्बर ३ को संसद बैठक अबरुद्ध

pradesh-3

हेटौंडा, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश नम्बर ३ को संसद बैठक अबरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै सोमबारको बैठकमा अवरोध गरेका हुन् ।

बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आव्हान सम्बन्धी प्रदेश प्रमुख अनुराधा कोईरालाले पठाएको पत्र पढेर सुनाउनुभएको थियो । अधिवेशन सुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन् ।

प्रतिपक्षी दल नेपाली काग्रेसका प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने बताउनुभएको थियो । कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गर्नुभएको थियो । अर्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);