१५ दिनभित्र राजधानीलाई सुन्दर बनाइने ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

१५ दिनभित्र राजधानीलाई सुन्दर बनाइने !

Kathmandu

काठमाडौं, २८ बैशाख । देशकै केन्द्रीय राजधानी व्यवस्थित हुन नसकेर सरकारको आलोचना खेप्दै आएको काठमाडौ महानगरपालिकाले शहरी सौन्दर्यसंग सम्बन्धीत निकायलाई डाकेर १५ दिनभित्र देखिने गरी काम गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख एवं सचिव केदार न्यौपाने र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले काम गर्न नसक्नुको कारण समेत माग गरेका छन् ।
हिजो शुक्रबार कामपा मुख्यालयमा बैठक बोलाएर सचिव न्यौपानेले १५ दिनभित्र राजधानीलाई सुन्दर देखिने गरी काम गर्न निर्देशन दिनुभएको हो । करिब डेढ दर्जन निकायका अधिकारीलाई चालु आर्थिक वर्षको बजेटको परिधिभित्र रहेर तत्काल काम गर्न कडा निर्देशन दिनुभएको हो । निर्देशन दिने क्रममा उहाले भन्नुभयो– अब तपाईहरुले नीति बनाउने होइन, अहिलेको अवस्थामा योजना र अनुसन्धान गर्नु आवश्यक छैन १५ दिनभित्र काम गरेर देखाउनुस ।

काम गर्न आनाकानी गरिरहेका अधिकारी प्रति लक्षित गदै प्रमुख जिल्ला अधिकारी आचार्यले तत्काल महानगरपालिका क्षेत्रलाई सुन्दर बनाउन काम गर्न निर्देशन दिनुभयो ।

भन्नुभयो–तपाईहरुले काम गर्न सक्नुभएन वा नसक्नाको कारण लिखित जवाफ दिनुस हामी आफैले काम गर्नेछौ । कामपाका सचिव न्यौपाने र प्रजिअ आचार्यले सबैलाई काम गर्न कडा निर्देशन दिएका थिए । आचार्यले कुनैपनि बहानमा काम गर्नबाट पछि नहट्न आग्रह गर्नुभयो ।

कामपाले विभिन्न्न १७ एजेण्डामा छलफल गर्न डेढ दर्जन अधिकारीलाई बोलाएको थियो । सचिव न्यौपानेले कामपाभित्रको शहरी व्यवस्थापन र शौन्दर्यीकरण कायम गर्न निर्देशन दिएको जानकारी दिनुभयो । हामीले सबै निकायलाई यो आर्थिक वर्षभित्र योजना सहित तत्काल काम शुरु गर्न निर्देशन दिएका छौ ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);