राजधानीको बालाजुस्थित नयाँ बसपार्कसंगैको पुलअासपासका टहरामा डाेजर लगाइयाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजधानीको बालाजुस्थित नयाँ बसपार्कसंगैको पुलअासपासका टहरामा डाेजर लगाइयाे

काठमाडौं, २३ बैशाख । राजधानीको बालाजुस्थित नयाँ बसपार्क पुलसँगैको अतिक्रमण गरी बनाइएका टहरा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक करिडोर, सडक अतिक्रमण गरी बनाइएका ब्यापारिक तथा आवासीय टहरा हटाइएको हो ।

योसँगै विष्णुमति करिडोर खुला भएको छ । यसले वालाजु, गोंगबु, सामाखुशी लगायतका क्षेत्रमा हुने ट्राफिक जामलाई घटाउन सहयोग पुग्ने बिश्वास गरिएको छ ।

सोमवार बिष्णुमती करिडोर निर्माणका क्रममा जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक अतिक्रमण गरी बनाइएका ब्यापारिक तथा आवासीय टहरा हटाइएको हो । सरकारको करिडोर निर्माण गर्ने नीतिअनुसार नयाँ बसपार्कको पुल आसपासका टहरा भत्काउनु परेको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको भनाई छ ।

पुल मुनिको बाटो खुलाउँदा टोखा देखि बल्खुसम्मको ट्राफिक व्यवस्थापनमा सहज हुने र दुर्घटना समेत न्युनिकरण हने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तको बिश्वास छ ।

सडक निर्माणको काम सम्पन्न भएपछि बिष्णुमती खोलाको दुवै किनारमा ९ मिटर चौडा २ लेनको पक्की सडक बन्नेछ । सडकसँगै १ दशमलव ५ मिटर फुटपाथ र साइकल लेनसमेत हुनेछ । यसले वालाजु, गंगबुु, समाखुशी लगायतका क्षेत्रमा हुने जाम लाई घटाउन सहयोग पुग्नुका साथै ईन्धनको समेत बचत हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाई छ ।

टोखा नगरपालिकाले खोलाको दायाँ–बायाँ रहेका पसलहरुलाई बिस्तारै हटाउने र सडकलाई फराकिलोे बनाउने तयारी गरेको छ । सडक बिस्तारमा स्थानीयकोसमेत सहयोग रहेको छ ।त्यसै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा सडक सुधारको लागि समन्वायात्मक पहल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);