सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउन २५ , काठमायडौँ । झापामा सडक अतिक्रमण गरी बनाइएका संरचना तथा सामाग्री हटाउन सुरु गरिएको छ ।

प्रहरीले स्थानीय निकायसँग सहकार्य गर्दै सडकको भू–भाग खाली गराउने काम शुरु गरेको हो । साँघुरो सडकका कारण दुर्घटना बढेकाले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी र अञ्चल प्रहरी कार्यालय मेचीसहितका प्रहरी संगठनले सडक फराकिलो गर्ने कार्य थालनी गरेको हो । सडककोबीच भागबाट दुबैतर्फ ८२ फिटभित्र पर्ने सम्पूर्ण भौतिक संरचनादेखि सडक अतिक्रमण गरेर राखिएका सामग्री र पार्किङ गरिएका सवारी साधन समेत हटाउन लगाइएको छ ।

पन्ध्र दिनसम्म चल्ने अभियान अन्तर्गत मावा खोलादेखि मेची खोलासम्मको ५५ किलोमिटर सडकको क्षेत्रफल पूरै खाली गराइने प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);