हावाहुरी प्रभावितका भवन शिलान्यास कार्यक्रममा मन्त्रीको लर्काे | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

हावाहुरी प्रभावितका भवन शिलान्यास कार्यक्रममा मन्त्रीको लर्काे

बारा, २१ बैशाख । गएको चैत १७ गते साँझको भीषण हावाहुरीका कारण बारा र पर्सामा भत्केका घरहरुको पुननिर्माणका लागि शनिबार २ उपप्रधानमन्त्री, आठ मन्त्रीहरु सहित मुख्यमन्त्रीले एकै पटक शिलान्यास गर्नु भएको छ । बारा–पर्सा हुरी पीडितका लागि साउन १२ मा हस्तान्तरण गर्ने गरी सेनाले शनिबारदेखि निर्माण काम थालेको हो ।

२८ जनाको ज्यान जाने गरी बारा र पर्सामा गएको चैत १७ गते साँझ गएको आँधीहुरीले पु¥याएको क्षति सर्वसाधरणले अझै भुल्न सकेका छैनन् । मृतकको परिवारलाई सामान्य क्षेति दिएको सरकारले भत्किएको घरको पुननिर्माण शनिबारबाट शुरु गरेको छ ।

मन्त्रीहरुको जम्बो टोलीले शनिबार पुननिर्माण कामको एक साथ शिलान्यास गर्नु भएको छ । बारा र पर्साका हुरी प्रभावित क्षेत्रका १४ सय ५३ वटा घर पुननिर्माण लागि मन्त्रीहरुद्धारा शिलान्यास गरिएको हो ।

नेपाली सेनाले पुननिर्माणको जिम्मा पाएको छ । बाराकोे फेटा गाउँपालिका पुरैनियामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले र अर्का उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बीरगन्ज महानगरपालिकाको चैनपुरमा घर पुननिर्माणको शिलान्यास गर्नु भएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आँधीले भत्काएका घरहरु पुननिर्माणका लागि नेपाली सेनाले प्रारम्भिक कार्यहरु सम्पन्न गरिसकेको र पालमा बसेका पीडितहरुलाई बर्षा शुरु हुनु अघि नै आवास निर्माणको काम सकाइ नयाँ भवनमा प्रवेश गराउने बताउनु भयो ।

आँधी प्रभावित क्षेत्रमा पुर्ननिर्माणकै लागि झण्डै तीन हजार नेपाली सेना निर्माण क्षेत्रमा खटिसकेका छन् । सरकारले आँधी प्रभावित क्षेत्रमा पुर्णरुपमा क्षति भएका घरहरुको पुननिर्माणको लागि सात सय ५० जना ईन्जिनियर खटाएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली सेनाले समयमा नै आवास निर्माणलाई सम्पन्न गर्नेमा आफु विश्वस्त भएको बताउनु भयो ।

पुननिर्माण कार्य सम्पन्न गर्न नेपाली सेनाले थाल्ने यस कार्यमा सेनाका साथै स्थानीय प्राविधिकहरुको समेत सहयोग रहने छ । सेनाका २६ सय अधिकृत र जवान फिल्डमा खटिई सकेका छन् । सेनाले प्रति घरको लागत पाँच लाख ४५ हजार अनुमान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);