आज मातातिर्थ औंशी, आमाको सम्मान गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

आज मातातिर्थ औंशी, आमाको सम्मान गरी मनाइँदै

matatirtha

काठमाडौं, २१ बैशाख । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आमालाई सम्मान गरी मनाइँदै छ ।  जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी यो पर्व मनाइने गर्दछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाइ लिइने गर्दछ ।

वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा मनाउँने गर्दछन्।आज छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर कामको सम्झना गर्ने गर्दछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);