काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको सम्बोधन करिब एक घण्टाको हुने संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत् गर्न लागिएको हो । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष २०७६ र ७७ को बजेट तयार गर्नेछ ।