खानेपानीको नाममा अर्बौँ रुपैयाँ कसरी लुटियो मेलम्चीमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खानेपानीको नाममा अर्बौँ रुपैयाँ कसरी लुटियो मेलम्चीमा ?

melamchi

काठमाडौं, २० बैशाख । २५ अर्ब २० करोड रुपैयाँ खर्च भइसक्दा पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने अझै पक्का भएको छैन । मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने भन्दै आयोजना प्रमुखलगायतका व्यक्तिहरुको मिलेमतोमा चरम लुट मच्चाइएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७५ ले ठहर गरेको छ ।

करोडौँ बिलको भुक्तानी विना प्रमाण गरेको देखिएको छ भने कयौँ शीर्षकमा गरिएको भुक्तानीमा अनियमितता रहेको भन्दै महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले त्यस्तो रकम असुलउपर गर्नै पर्ने जनाएको छ । असुलउपर गर्नुपर्ने भन्ने रकम नै अर्बभन्दा बढी छ । निर्माण काममा संलग्न ठेकेदारहरुले मागेजति भुक्तानी दिँदा पनि उनीहरु भाग्ने क्रम जारी छ । यसले सरकारी अधिकारीहरुले ठेकेदारसँग धेरै कमिसन मागेको संकेत गरेको छ ।

ठेकेदारलाई काम गरेबापतको रकम भुक्तानी दिने नाममा सरकारी अधिकारीहरुले सकेका छैनन् , ‘लुटअनुसार काम भएको भए पानी त ल्याएका छन् भनेर केही समयका लागि छुट पनि पाउनसक्थे होला,’ महालेखापरीक्षकको कार्यालयका एक अधिकारीले भने, ‘ठेकेदारसँग मिलेर लुट मच्चाए तर खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाका प्रमुखलगायतका कर्मचारीहरुले ठेकेदारलाई भगाएर आयोजना नै अनिश्चित बनाएका छन् । यो समाचार आर्थिक दैनिक पत्रिकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);