कांग्रेस, वैद्य र विप्लव मिलेर ओली सरकार ढाल्छन् : गोपाल किराती (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेस, वैद्य र विप्लव मिलेर ओली सरकार ढाल्छन् : गोपाल किराती (भिडियोसहित)

kharo prashna with gopal kirati

काठमाडौं, १९ बैशाख । सत्तारुण दल नेपाल कम्युनिष्ट पार्टी रहेको छ । सडकमा पनि कम्युनिष्टहरुको उत्तिकै बर्चस्व रहेको छ । नेत्र बिक्रम चन्दले भूमिगत वा अर्धभूमिगत आन्दोलन सुरु गरिसकेपछि त्यो ठाउँमा पनि कम्युनिष्टकै जगजगी रहेको छ । सडकदेखि सदनसम्म कम्युनिष्ट रहदा खेरि सत्तारुण नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीको विचारमा स्खलन आयो भनेर एउटा अभिव्यक्ति दिनुभयो । र त्यो अभिव्यक्ति गम्भीर प्रकृतिको छ । उहाँले यस्तै विचार आईरह्यो भने कम्युनिष्ट आन्दोलननै दुर्घटनामा पर्न सक्छ भनेर अभिव्यक्ति दिनुभयो । कम्युनिष्ट यति धेरै मत हुदाहुदै पनि कसरी विचारमा स्खलन आयो ? कम्युनिष्ट पार्टीको दुई तिहाईको मत नजिक हुँदा जनताको पक्षमा कामहरु किन हुन सकेन ? गरिबी उन्मुलन किन हुन सकेन ? भ्रष्टाचार किन नियन्त्रण हुन सकेन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीसंग गरेको कुराकानी हेर्नुहोस् : 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);