आइपिएल: चेन्नईद्वारा दिल्ली क्यापिटल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

आइपिएल: चेन्नईद्वारा दिल्ली क्यापिटल्स पराजित

ipl chennai-capitals

काठमाडौं, १९ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्स विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको हो । पहिले ब्याटिङ्ग गरेको चेन्नईले चार विकेटको क्षतिमा १७९ रन बनायो । उसका लागि सुरेश रैनाले ३७ बलमा ५९, कप्तान धोनीले २२ बलमा नटआउट ४४, फाप डू प्लेसिसले ४१ बलमा ३९ तथा रवीन्द्र जडेजाले १० बलमा २५ रनको योगदान दिए । १८० रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्रै ९९ रन बनायो । उसका लागि कप्तान श्रेयश आय्यरले ३१ बलमा ४४ तथा शिखर धवनले १३ बलमा १९ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।चेन्नईका इमरान ताहिरले चार तथा रवीन्द्र जडेजाले तीन विकेट लिए । चेन्नईको यसअघिको खेलमा कप्तान धोनी ज्वरो आएका कारण मैदानमा थिएनन् र चेन्नई पराजित भएको थियो । ध्वनीको प्रवेस पाएको टिमले दिल्लीलाई पराजित गरेर शानदार जित निकाल्यो ।