उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न राउतकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न राउतकाे आग्रह

ck raut

काठमाडौं, १८ बैशाख । जनमत पार्टीका अध्यक्ष सीके राउतले स्थानीय तहलाई उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गर्नु भएको छ । अध्यक्ष राउतले उत्पादनमूलक क्षेत्रमा लगानी गरेमात्रै रोजगारीको अवसर सृजना हुने र त्यसले मुलुकमा बेरोजगारी समस्या हल गर्दै लैजानेतर्फ पनि स्थानीय तहहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

बुधबार काठमाडौंको कीर्तिपुरमा आयोजित ‘सम्यक निर्माणमा युवा नेतृत्वः सम्भावना र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको करोडौंको बजेट सदुपयोग गर्न युवाहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत आग्रह गर्नु भयो । बाटो निर्माणको नाममा स्थानीय तहले बजेट दुरुपयोग गरिरहेकाले त्यसलाई रोक्न युवाहरु अग्रसर हुनुपर्ने अध्यक्ष राउतको भनाई छ ।

अध्यक्ष राउतले शिक्षित युवाहरु नभएकै कारण स्थानीय तहमा बजेटको सदुपयोग हुन नसकेको पनि स्पष्ट पार्नु भयो । उहाँले सबै स्थानीय तहमा शिक्षित युवाहरुकै अभावमा विकास, निर्माणको कामले गति लिन नसकेको तर्क पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);