जनमत पार्टीका अध्यक्ष राउत र नेम्वाङबीच भेट, मतदानका लागि आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जनमत पार्टीका अध्यक्ष राउत र नेम्वाङबीच भेट, मतदानका लागि आग्रह

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।

शुक्रबार पार्टीका नेताहरुसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग भेटगरी राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गर्नु भएको हो । राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरुको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताउनु भएको भेटमा सहभागी एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो । गुरुङका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंशा गर्नु भएको थियो ।

एमालेका नेताहरुले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए । एमाले उपमहासचिव गुरुङले भन्नु भयो, ‘हामीले जनमत पार्टीका अध्यक्षज्यूसँग हाम्रो पार्टीका तर्फबाट उम्मेदवार बनाइनु भएका पूर्व सभामुख, संविधानसभाका अध्यक्ष, हाम्रो पार्टीको पनि उपाध्यक्ष माननीय सुवाष नेम्वाङको बारेमा उहाँलाई बतायौं । हाम्रो पार्टीको उम्मेदवारलाई जिताउनका लागि उहाँहरुसँग पनि सहयोग माग्यौं । उहाँहरुको सदभाव, आर्शिवाद चाहियो हामीले भन्यौं । हाम्रो मागमा जनमत पार्टीको अध्यक्ष चन्द्रकान्त राउतजीले जनमत पार्टी मेनट्रिम हुने बेलामा पनि हाम्रो अहिलेको वर्तमान उम्मेदवार सुवाषचन्द्र नेम्वाङको महत्वपूर्ण भूमिका रहेको र सदभाव भएको, उहाँले सहयोग गर्नु भएको, उहाँलाई नेशनल युनिटीको उपयुक्त पात्र देखिनु भएको छ । त्यसमा चाँही उहाँले आफ्नो पार्टीको तर्फबाट अहिले नै निर्णय भईनसकेको तर उहाँप्रतिको उहाँहरुको सदभाव, उहाँप्रति उहाँको शुभकामना छ भन्नु भएको छ । उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं उहाँले भन्नु भएको छ ।’

यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरुले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरुलाई बताउनु भएको थियो । संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत माग्नु भएको र आफूले पार्टी भित्र छलफल गरेर जवाफ दिने कुरा गरेको उहाँले बताउनु भयो । अध्यक्ष राउतले भन्नु भयो, ‘अव राष्ट्रपतिमा उहाँले उम्मेदवारी दिनु भएको छ । त्यही मत माग्नका लागि उहाँ आउनु भएको थियो । त्यस विषयमा आफ्नो योगदानको उल्लेख गर्दै संविधान जारी गर्दाको बेलाका योगदान उल्लेख गर्दै, संविधानको संरक्षणमा पनि राम्रो भूमिका निर्वाह गर्न सक्नु हुन्छ भनेर कुरा बताउँदै उहाँले मत माग्नु भएको हो । हामीले पनि अव छलफल राख्छौं । अनि मात्रै जवाफ दिन्छौं भनेर अहिले भनेका छौं ।’

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका लागि काँग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी केन्द्रसहितका ८ राजनीतिक दलहरुको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);