८ दलिय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमतिः शरदसिंह भण्डारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

८ दलिय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमतिः शरदसिंह भण्डारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले ८ दलिय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको स्पष्ट पार्नुभएको छ ।

जनकपुरधाममा ८ दलिय सत्ता गठबन्धनको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट पार्नुभएको हो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि ८ दलिय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताउनु भयो ।

उहाँले सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरु, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको बताउनु भयो । भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नका लागि समेत बनेको बताउनु भयो । उहाँले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गर्नुभयो । शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाई थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले गठबन्धनको उम्मेदवार पौडेललाई निर्वाचित गराउनका लागि नेपाली काँग्रेस आफैँ इमान्दार हुनु आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रपति उम्मेदवारलाई गठबन्धनले जिताउन काँग्रेसका नेताहरु नै इमन्दार हुनुपर्ने बताउनु भयो । उहाँले काँग्रेसका नेताहरुमा नै आफ्नो शंका रहेको बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा ८ दलिय गठबन्धनमा आवद्ध ८ वटै दलका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);