एजेन्सी, १८ भदौ । विश्वका विभिन्न ठाउँमा विभिन्न प्रकारका पर्वहरु मनाईने गरिन्छ, जसको आ–आफ्नै विशेषता हुन्छ । तर एउटा यस्तो पनि पर्व जहाँ पूरै शहर जलाएर मनाईने गरिन्छ ।
अचम्मको कुरा त यो हो कि शहर जलाउँदा एक आपसमा बधाई दिने पनि गरिन्छ । अमेरिकाको नेवादा प्रान्तस्थित ब्ल्याक रक मरुभुमिका यो पर्व मनाईने गरिन्छ । यो पर्वको नाम ‘बर्निङ म्यान’ हो, जहाँ हरेक वर्ष हजारौँ मानिस जाने गर्छन् ।
यो पटकको फेस्टिबलमा ७० हजार व्यक्तिले सहभागिता जनाएका थिए । यहाँ आउने मानिसले आफ्नो किसिमले शहर बनाउँछन्, जहाँ कला झल्किएको हुन्छ र फेस्टिबलको अन्त्यमा आगो लगाएर जलाउँछन् ।
यस पर्वको नियम अनुसार वातावरणलाई असर गर्ने कुनै पनि वस्तुको प्रयोग गर्न पाईँदैन। यहाँ प्लास्टिकको सामान देखि इन्धनबाट चल्ने सवारीलाई पनि बन्देज गरिएको हुन्छ । यहाँ आउने मानिस साईकल वा पैदल मात्र हिँड्नुपर्ने हुन्छ ।