निर्वाचन विकासका लागि बजेट माग्ने गरेकोमा अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्वाचन विकासका लागि बजेट माग्ने गरेकोमा अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि व्यक्त

ganesh-prashad-timilsina

काठमाडौं, १२ बैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पनि निर्वाचन क्षेत्र विकास कोषका लागि ४ करोडसम्मको बजेट माग्ने काम संघीयता विरोधि भएको उल्लेख भन्दै आपत्तिजनाउनु भएको हो । बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह र प्रदेशमा समेत जनप्रतिनिधिहरु रहेकाले अव सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्न नमिल्ने बताउनु भएको हो । सांसदहरुले आफू खुसी खर्च गर्न बजेट मागे त्यसले संघीयतालाई बलियो नभई कमजोर बनाउने अध्यक्ष तिमिल्सिनाको तर्क छ ।

अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय सरकारलाई आर्थिक अधिकारसहितको कानुन निर्माण र कार्यान्वयनको तहमा संघीय सरकारलाई सचेत गराउन पनि संसदीय समितिहरुको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);