माधव नेपाल किन मञ्च छोडेर हिंडे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माधव नेपाल किन मञ्च छोडेर हिंडे ?

madhav kumar

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता एकीकरण घोषणको एक वर्षपछि जिल्ला तहसम्म पुगेको छ । केन्द्रमा भएको एकता जिल्ला तहसम्म पुग्दा अध्यक्ष र सचिव तोकेर लिष्ट सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको लिष्ट पार्टीको कुनै तहमा छलफलसमेत नगरी अध्यक्षद्वयको तजबिजबाट सार्वजनिक गर्दा नेता माधव नेपालले मञ्च नै छोडेर हिडेका छन् । त्यसैले नेकपाको एकतासँगै विवाद पनि सार्वजनिक भएको छ ।

गत वर्ष जेठ ३ गते केन्द्रबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता जिल्ला तहसम्म पुगेको छ । तीन महिनाभित्र टुंग्याउने भनिएको एकता ठुलो रस्साकस्सिपछि ११ महिना ६ दिनमा जिल्ला तहसम्म पु-याइएको हो । नेकपा सचिवालयले पूर्वएमालेले ४४ र माओवादीले ३३ जिल्लामा नेतृत्व पाउने गरी भागबन्डा गरेको छ । तर, त्यसरी गरिएको एकतामा पनि नेकपाको सिंगो पार्टी संरचनाले अपनत्व ग्रहण गर्नसक्ने अवस्था भने अझै निर्माण हुन सकेको छैन ।

नेकपाको कुनै पनि कमिटिको अनुमोदनविनै दुई अध्यक्षको तजबिजबाट सार्वजनिक भएको सूची देख्नासाथ वरिष्ठ नेता माधवकुमार नेपालले घोषणा हुँदै गरेको मञ्च बहिस्कार गरेका छन् । अध्यक्षले भाषण गर्दैगर्दा मञ्च नै वहिस्कार गरेका नेपाल पक्षले यस अघि नै अध्यक्षद्वयको तयारी बुझेर मापदण्ड अनुरुप जिल्ला तहको एकता नभए समानान्तर कमिटि गठनको चेतावनी दिएको थियो ।

उसको चेतावनी र अहिलेको असन्तुष्टी कुन तहसम्म जाने छ त्यो भने अवको उनीहरको गतिविधिले नै बताउने छ । तर, नेकपाको जिल्ला तहसम्मको एकता पनि सहज रुपमा भने भएको होइन । कतिसम्म भने अध्यक्ष दाहालले एकतामा ढिलाई तथा अर्का अध्यक्ष ओलीको उदासिनतापछि पुरानो माओवादी केन्द्र र एमालेमै फर्कन प्रस्ताव राखेका थिए । उनले त्यस्तो प्रस्तावपछि नै एकताको वातावरण बनेको कुरा एकतासभामै खुलेयाम घोषण गरेका छन् ।

दुई अध्यक्षले एकताले पूर्णता पाएको दावी गरिरहँदा सँगै मञ्चमा बसेका माधवकुमार नेपालको कुर्सी खाली भएको थियो । एकताले पूर्णता पाउने दुई अध्यक्षको घोषणाका कारण उत्साहित हुँदै एकतासभामा पुगेका भ्रातृ संगठनका नेता कार्यकर्ताहरु पनि मन खुम्च्याउँदै एकतासभाबाट बाहिरिएका थिए ।

दलीय व्यवस्थामा दलको प्रभाव सरकारमा पर्ने हुनाले पनि दलहरु व्यवस्थित हुनुपर्ने हो । तर, नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमालेका एकाधिकार प्रयोग गर्न खोज्दा अन्तुष्टी चुलिने संकेत देखिएको छ ।

अव उनले माधव नेपाल, झलनाथ खनालसहितका वरिष्ठ नेता तथा योगेश भट्टराई, घनश्याम भूषालजस्ता युवानेतालाई पेलेरै साइजमा राख्छन् वा उनीहरुलाई विश्वासमा लिन सक्छन् उनको कार्यकुशलता र नेकपाभित्रको आन्तरिक लोकतन्त्र यसैले निर्धारित गर्ने छ । दलहरु जति बलियो बन्यो आन्तरिक लोकतन्त्र त्यति नै कमजोर हुने विडम्बनालाई नेकपाले निरन्तरता दिन्छ वा सुधार गर्छ उसको राजनीतिक सफलता पनि सम्भवत यसैले निर्धारण गर्ने छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);