सबै तहमा एकीकरण नहुँदा नेकपाको एकता भाँडिने हो कि भन्ने आशंका ! | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सबै तहमा एकीकरण नहुँदा नेकपाको एकता भाँडिने हो कि भन्ने आशंका !

तेजना पण्डित
काठमाडौं, १६ कात्तिक । नेपाल कम्युुनिष्ट पार्टी नेकपाको पार्टी एकीकरण भएको ४ महिना बितिसक्दा पनि पूर्ण रुपमा पार्टी एकीकरण भएको अनुभूति कार्यकर्तामा अझै हुन सकेको छैन । पार्टीको माथिल्लो नेतृत्व तहमा एकता भएको तर तल्लो तहसम्म एकीकरण प्रक्रिया पूरा हुन नसक्दा शीर्ष तहमा विवाद देखिन्छ भने कार्यकर्तामा निराशा पाइन्छ । एकीकरणपछि पार्टीको विभिन्न तहका नियमित बैठकहरु समेत बस्न सकेको छैन ।

यसबीचमा दुुई पटक मात्र स्थायी कमिटीको बैठक बसेको छ । धेरै पटक तोकिएको समयमा बैठक बस्न नसकेर स्थगित हुँदै आएको छ । नेकपाको पोलिटव्युुरो र केन्द्रिय समितीको बैठक अहिलेसम्म बस्न सकिरहेको छैन ।

अन्य वर्गिय संगठनको बैठक पनि नियमित हुनसकेको छैन । लामो समयपछि कार्तिक ५ गते बसेको नेकपाको सचिवालय बैठकले कार्तिक १२ र १३ गते स्थायी कमिटीको बैठक बस्ने मिति तय ग¥यो तर बैठक स्थगित हुन पुग्यो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका कारण बस्न नसकेको बताइयो । निर्धारित मितिको बैठकमा नेकपाका विवादित तथा केही महत्वपुर्ण विषयहरुमाथि छलफल गरि किनारा लगाउने कार्यसूची थियो ।

यसरी बैठकहरु नियमित हुन नसक्दा र फटाफट निर्णय प्रक्रियामा पुग्न नसक्दा आगामी दिनमा पार्टीले गति लिन्छ भन्नेमा शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म नै नैराश्यता बढाएको छ । किन यस्तो भइरहेको छ भन्नेमा पार्टी भित्रका जुझारु युवा नेताहरु नै अहिले अनभिज्ञ र अन्यौलमा जस्तो देखिएका छन् ।

नेकपाका शीर्ष नेतृत्वमा रहेका माधव नेपाल, झलनाथ खनाल, भिम रावल लगायतका नेताहरु समेत अहिले अन्यौलमा छन् । पार्टी आगामी दिनमा कसरी बढ्छ भन्नेमा अनभिज्ञ जस्तै देखिन्छन् । उनीहरुले नेतृत्वको रवैयाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

पदाधिकारीको बाँडफाँड गर्नुपर्ने, पार्टीको बिभिन्न कमिटीको बैठक छिटो बस्नुुपर्ने भन्दै दवाव समेत दिंदै आई रहेका छन् । पार्टी एकिकरण गर्ने वेलामा जुुन उत्साह र उमंग थियो त्यो अहिले उनीहरुमा पाइदैंन ।

पार्टी एकिकरण पछि पनि पार्टीको बिभिन्न भात्रृ संगठन लगायत तल्लो तहमा पुर्ण रुपमा एकिकरण हुन सकिरहेको छैन । पार्टी एकीकरणपछिको यो अवस्थाले पार्टीमा मात्र होइन अब सरकार संचालनमा नै नकारात्मक असर पर्ने राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।

नेकपाका नेतादेखि कार्यकर्तासम्मले तल्लो तहसम्म पार्टी एकिकरण गर्न एक दिन पनी ढिलो गर्न नहुने बताइरहेका छन् । नेताहरु गम्भीर भएर एकिकरण गर्न लाग्नुपर्ने दबाब दिइरहेका छन् ।

यदि समयमा पार्टी एकिकरण गरेर अगाडी बढ्न नसके जनताकोबीचमा पार्टीको छवी धमिलो हुुने उनीहरुको बुुझाई छ । नेतृत्वले असन्तुष्ट पक्षलाई दबाएको र किनारा लगाउन खोजेको आरोप असन्तुष्ट पक्षमा अहिले बढी देखिन्छ । यस्तो अवस्थामा पार्टी एकिकरण हुन नसक्दा कतै फेरी एकता भाँडिने र पहिलेकै अवस्थामा पुग्ने त होइन भन्ने आशंका पार्टी कार्यकर्तामा देखिन थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);